काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई गुट, उपगुटबाट मुक्त बनाउन चाहेको बताएका छन् । सभापति देउवाले पार्टीलाई गुटमुक्त बनाउन सहयोग गरिदिन महामन्त्री डा. शशांक कोइरालालाई पनि आग्रह गरे ।
आफूले सबैको सहयोगमा सभापति बनेको उल्लेख गर्दै उनले पार्टी भित्रको गुटउपगुटले कसैलाई पनि फाईदा नपु¥याउने बताए । मंगलबार नेपाल ट्रेड युनियन काँग्रेसले आफ्नो ७३ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले मुलुकको हरेक क्षेत्रलाई नियन्त्रणमा राख्न खोजेको भन्दै चर्को आलोचना गरे ।
कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र एकता कायम गर्न न्याय, निष्पक्ष र पारदर्शी व्यवहार गर्न सभापति देउवासँग माग गरे । उनले एक पक्षीय ढंगले पार्टी नेतृत्वले पेलेर जाने काम गरेकाले पार्टी भित्र विभिन्न गुट जन्मने गरेको दावी समेत गरे ।































प्रतिक्रिया