चितवन । चर्चित मोडल कृति भट्टराईको ‘हजारको नोट’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार गायक कस्तुप पन्तको आफ्नै युट्युव च्यानल मार्फत सो गीतको भिडियो सार्वजनिक भएको हो ।
गायक कस्तुप पन्तको शब्द तथा संगीत रहेको सो गीतमा लोकप्रीय गायक हिमाल सागर र अनु चौधरीको स्वर रहेको छ ।
सुमन राना र खुमन राना रेकर्डिस्ट रहेका सो गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् । सार्वजनिक सो भिडियोमा हिमाल सागर र मोडल कृति भट्टराईको अभिनय रहेको छ । झापाको बिर्तामोड ८ स्थित देउनिया निवासी कृतिको यो डेब्यू गीत हो ।
मिस प्रदेश नं १ की विजेता समेत रहेकी कृति पछिल्लो समय अभिनय र मोडलिङमा व्यस्त रहेकी छिन् । मोडलिङमा नै आफ्नो भविष्य तय गरिरहेकी कृतिले यस गीतसँगै आफूलाई अनुकूल भएअनुसार अवसर आए म्युजिक भिडियो र चलचित्रमा समेत काम गर्ने बताएकी छिन् ।
बान्दे प्रसादको सम्पादन रहेको सो भिडियोको छायांकन रामशरण उप्रेतीले गरेका हुन् । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको सो भिडियो सारथी म्युजिकले बजारमा ल्याएको हो ।





























प्रतिक्रिया