साहित्य लेख्दा शब्द प्रयोगमा विचार पुर्‍याऊ : सर्वोच्च

साहित्य लेख्दा शब्द प्रयोगमा विचार पुर्‍याऊ : सर्वोच्च

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सर्वोच्च अदालतले साहित्यिक कृति तथा चलचित्रको संवाद लेख्दा शब्दमा ध्यान दिन निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कुनै व्यक्ति, जातजाति र समुदायलाई आत्मसम्मानमा ठेस पुग्नेगरी नलेख्न निर्देशनात्मक आदेश जारी गरेको हो।

निवेदक मीना नेपालीले ‘नथिया’ र ‘ऐलानी’ उपन्यास तथा ‘पण्डित बाजेको लौरी’ चलचित्रमा भएको संवादले वादी समुदायको आत्मसम्मानमा ठेस पुगेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग र लेखक सरस्वती प्रतीक्षा लगायतलाई विपक्षी बनाई रिट निवेदन दर्ता गरेकी थिइन्।

सर्वोच्चले गत बुधबार उपन्यास र चलचित्रका संवादमा लेखिएका शब्द अब अर्को संस्करण निस्केको खण्डमा सुधारसहित ल्याउन सकिनेगरी निर्देशनात्मक आदेशसहितको फैसला गरेको हो।
नागरिकबाट

Skip This
Skip This
Logo