अस्थायी शिक्षकहरुद्वारा देशभरका विद्यालय बन्दको घोषणा

अस्थायी शिक्षकहरुद्वारा देशभरका विद्यालय बन्दको घोषणा

केन्द्रबिन्दु
0
Shares

अस्थायी तथा राहत शिक्षकहरुले आज देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेका छन् ।

विगत लामो समयदेखि राहत र बालविकास शिक्षकहरुले पेशागत सुरक्षा र स्थायीत्वको माग गर्दै आन्दोलन गर्दै आएका छन् । सरकारले भर्खरै ल्याएको नयाँ शिक्षा ऐन अनुसार देशका करिव डेढलाख शिक्षकहरु विस्तापित हुने अवस्था आएकाले आफूहरु आन्दोलनमा उत्रनु परेको उनीहरुले बताउँदै आएका छन् । आन्दोलनकै क्रममा सोमबार राजधानीमा भएको राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

उनीहरुले नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । आन्दोलनको क्रममा उनीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले पानीको फोहोरा र अश्रु ग्याँस प्रहार गरेको थियो । निषेधित क्षेत्र तोड्न खोज्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीन जना शिक्षक घाइते भएका छन् । उनीहरुको एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ।

राहत शिक्षकहरु विभिन्न माग गर्दै लामो समयदेखि आन्दोलनरत छन् । यस अघि उनीहरुको आन्दोलनमा प्रहरीले आइतबार पनि हस्तक्षेप गरेको थियो ।

Logo