अब लघुवित्त कम्पनीले सदस्यहरुलाई ५० प्रतिशत शेयर छुट्याउनुपर्ने

अब लघुवित्त कम्पनीले सदस्यहरुलाई ५० प्रतिशत शेयर छुट्याउनुपर्ने

केन्द्रबिन्दु
0
Shares

अब लघुवित्त कम्पनीहरुले ५० प्रतिशत साधारण शेयर आफ्ना सदस्यहरुलाई छुट्याउनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बाफियाको दफा ९ को उपदफा ८ मा यो व्यवस्था गर्दै सदस्यहरुका लागि शेयर जारी गर्नसक्ने व्यवस्था गर्न लागेको हो।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ लाई संशोधन गर्ने क्रममा छ । यो ऐनको दफा ९ मा हालसम्म ७ ओटा मात्रै उपदफा रहेकोमा नया दफा थपगरि यो ब्यबस्था राख्न लागिएको हो ।

‘घ वर्गको वित्तीय संस्थाले उपदफा १ बमोजिम सर्वसाधारणलाई बिक्रीबितरण गर्नको लागि छुट्याइएको शेयरलाई शतप्रतिशत मानी उक्त शेयर मध्येबाट बढीमा ५० प्रतिशतसम्म शेयर आफ्ना ऋणी सदस्यलाई छुट्याउन सक्नेछ।’ थप गरिएको उपदफा ८ मा उल्लेख गरिएको छ। ऋणी सदस्यको हितको लागि उक्त व्यवस्था गर्नु परेको राष्ट्र बैंकको तर्क छ ।

Logo