काठमाडौं । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आज अन्त्येष्टि गरिएको छ । यति एयरलाईन्सका प्रबन्ध निर्देशक समेत रहेका शेर्पाको आईतबार टेकु दोभानमा अन्त्येष्टि गरिएको हो ।
हेलिकप्टर दुर्घटनामा गरी गत बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी, पर्यटन व्यवसायी शेर्पासहित ७ जनाको ज्यान गएको थियो ।
पर्यटन व्यवसायीको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित शेर्पाको अन्त्येष्टिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीहरु पनि सहभागी भएका थिए ।
विमान चालकहरुको समेत उल्लेख्य सहभागिता रहेको शेर्पाको अन्त्येष्टिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस उपसभापति विजयकुमार गच्छदार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेशकुमार भट्टराई, विभिन्न राजनीतिक दलहरु सांसदहरुको पनि सहभागिता रहेको थियो ।
नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष समेत रहनु भएका स्वर्गीय शेर्पाले नेपालको पर्यटन क्षेत्रको विकासमा अतुलनीय योगदान पु¥याएका थिए ।
शेर्पासँगै गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन हुनु भएका मन्त्री अधिकारीसहित अन्य ६ जनाको गत शुक्रबार नै अन्त्येष्टि गरिएको थियो ।





























प्रतिक्रिया