मुस्ताङ
मुस्ताङको थासाङ गाउँपालिका छाक्ताङमा गएको हिमपहिरो सफा गरिएको छ । जिल्ला ट्राफिक कार्यालय तथा थासाङको कोवाङ र लेते प्रहरी चौकीको सक्रियतामा ट्र्याक खुला गरिएको हो । सडक खुला भएपछि मुस्ताङ भित्रिने र बाहिरिने सवारीसाधनलाई सहज भएको जनाइएको छ ।
मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिका छाक्ताङमा बिहीबार हिमपहिरो गएको थियो । हिमपहिरोले सडक अवरुद्ध हुँदा सवारी आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालयका असई बिष्णुपल्ली मगरले जानकारी दिए । उनका अनुसार छाक्ताङ खोलामाथिको ठूलो हिउँको ढिस्को खसेर सडक अवरुद्ध हुँदा दर्जनौं सवारी बीचबाटोमै अलपत्र परेका थिए ।
कालिगण्डकी कोरिडोर सडक आयोजनाको बेनी–जोमसोम सडकको लेतेखोलामा प्रयोग भइरहेको शर्मा गजुरमुखीको स्काभेटर र डोजर परिचालन गर्दै शुक्रबार साँझ सवारी आवागमन सुचारु भएको असई मगरले बताए ।
छाक्ताङ सडकको हिमपहिरो पन्छाएपछि जोमसोमबाट बेनी जाने एक दर्जन जिप, बस र ट्रक गन्तव्यमा पुग्न सहज भएको ट्राफिक प्रहरी खिम अर्यालले जानकारी दिए ।
राजधानीबाट































प्रतिक्रिया