पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ ।

अस्वस्थ भएपछि अधिकारीलाई उपचारकालागि काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । "/>

पूर्वअर्थमन्त्री अधिकारीको अवस्था चिन्ताजनक, पत्रकार सम्मेलन हुँदै

पूर्वअर्थमन्त्री अधिकारीको अवस्था चिन्ताजनक, पत्रकार सम्मेलन हुँदै

केन्द्रबिन्दु
0
Shares

पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ ।

अस्वस्थ भएपछि अधिकारीलाई उपचारकालागि काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । उनको १६ दिनदेखि भेन्टिलेटरमा राखी उपचार भैरहेको अस्पतालले जनाएको छ ।

लामो समयदेखि छातीको संक्रमणबाट पिडित थिए । पुस २३ देखि अस्वस्थ भएर सुरुमा मेडिसिटी अस्पतालमा भर्ना गरी अधिकारीलाई उपचार गरिएको थियो ।

उनी चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख भूमिका निर्वाह गरेका थिए । नेता अधिकारीलाई ‘बुढाबुढीलाई भत्ता दिने’ र ‘आफ्नो गाउँ आफैँ बनाऔँ भन्दै गाउँमा बजेट पठाउने’ नेताका रुपमा लिइन्छ ।

यसैबीच अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिन अस्पतालले केही बेरमा पत्रकार सम्मेलन गर्दैछ ।

Skip This
Skip This
Logo