काठमाडौँ । ई–स्पोर्टस अन्तर्गत नेपाल सिम रेसिङ सिरिज असोज १७ गते बिहीबार अबेर सफलतापूर्वक सम्पन्न भएको छ ।
नेपाल अटोमोबाल्स एसोसिएसनको इ–स्पोर्टस कमिसनले ई–स्पोर्टसद्ध एसोसिएसन अफ नेपाल (ईसान) को सहकार्यमा नेपालमैं पहिलो ईभेन्ट आयोजना गरेको हो ।
सो सिरिजमा नासा नेपालका लाईसेन्स प्राप्त ड्राईभरहरूको बौद्घस्थित सिम रेसिड बाई हुवोमामा सहभागिता रहेको थियो । विज्ञान र प्रविधिको विकाससँगै संसारमा अन्य खेलकुद सरह मनोरञ्जन दिने भर्चुअल रेसिङ विश्वमैं युवाहरू माझ निकै लोकप्रिय बन्दै गइरहेको छ ।
टिभीको स्क्रिनबाट सिमुलेटरमा बसेर खेलाडीहरुले भर्चुवल रुपमा गाडी कुदाउँने गर्दछन् र स्वयंले वास्तविक रुपमैं गाडी कुदाएको अनुभव गर्दछन् । सबै सहभागीहरुको उत्कृष्ट प्रस्तुति रहेको सो रेसिङका सहभागीहरुमध्ये निमन शाक्य प्रथम, विप्लक श्रेष्ठ र पियुष गजुरेल क्रमश दोस्रो र तेस्रो हुन सफल भएका थिए ।
सो प्रतियोगिताका विजयी तथा सहभागीहरुलाई राखेपका कार्यकारी सदस्य एकेन्द« कँुवर, ई–स्पोर्टस एसोसिएसन नेपाल (ईसान) का अध्यक्ष अञ्जन धमला, उपाध्यक्ष हिमविक्रम केसी तथा नासा नेपाल स्पोर्टस कमिसनका पदाधिकारीहरुले खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरेर हौसला दिए ।
नेपालका कार्यकारी निर्देशक गोविन्दप्रसाद भट्टराईले विजेता खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्लेटफर्ममा समेत सहभागिताको अवसर उपलब्ध गराउने प्रतिबद्धता जनाए । ईभेन्टका संयोजक अंकित भण्डारीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।
ईभेन्टमा नासा नेपालका मार्शल एण्ड टे«निङ कमिशनका संयोजक यदुराज लामिछाने, सचिव आशिष रौनियार र जय मास्केले खेलाडीहरुलाई सोही खेल सम्बन्धी ओरिएन्टेसन समेत दिएका थिए भने मूल्याकंनमा अन्तरराष्ट्रिय रेफ्री क्षितिज श्रेष्ठ थिए ।































प्रतिक्रिया