बीवाईडीद्वारा घटस्थापनाका दिन १३२ युनिट गाडी डेलिभरी

बीवाईडीद्वारा घटस्थापनाका दिन १३२ युनिट गाडी डेलिभरी

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । बीवाईडीले नेपालमा घटस्थापनाका दिन १३२ युनिट ईभी डेलिभरी गरेको छ ।

नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत दशैँ शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा सो युनिट डेलिभरी गरेको हो ।

साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले सो अवसरमा कृतज्ञता कायम गर्दै भने, ‘एकै दिन, त्यो पनि घटस्थापनाको उपलक्ष्यमा १३२ ईभी डेलिभरी गर्न पाउनु हाम्रो लागि गर्वको दिन हो । यसले बीवाईडीका इलेक्ट्रिक गाडीप्रति नेपाली ग्राहकको बढ्दो विश्वासलाई प्रतिविम्बित गर्दछ भने बेस्ट इन क्लास सर्भिस उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई समेत दर्शाउँछ । यो उपलब्धि नेपालीहरूको अझै सफा र दिगो मोबिलिटी समाधानप्रतिको बढ्दो जागरुकता पनि हो ।’

पछिल्लो समयमा वीरगन्ज, बनेपा र जनकपुर लगायतका स्थानमा शोरुम विस्तार गरेर बीवाईडी नेपालभर विस्तार भइरहेको छ । वातावरणमैत्री अभियान र साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) जस्ता नवीन सीएसआर पहलमार्फत कम्पनीले इलेक्ट्रिक सवारीलाई लगातार प्रवर्द्धन गरिरहेको छ ।

शून्य उत्सर्जन इलेक्ट्रिक सवारीमार्फत नेपालको यातायात क्षेत्रलाई रूपान्तरण गर्ने बीवाईडीको लक्ष्य रहेको छ । जसलाई १३२ युनिट डेलिभरीले अझै जोड दिएको छ ।

Logo