‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ अन्तर्गत चार जनाले जिते १ लाख नगद

‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ अन्तर्गत चार जनाले जिते १ लाख नगद

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । दशैँ, तिहार र छठपर्वको रौनक मनाउन नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ योजना ल्याएको छ ।

जस अन्तर्गत स्क्र्याच कार्डमार्फत छनोट गरिएका चार जना भाग्यशाली ग्राहकहरूले १ लाख नगद पुरस्कार जितेका छन् ।

सो योजनाअन्तर्गत चाडपर्वको समयमा होन्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकले प्रत्येक खरिदमा १० लाखसम्मको नगद पुरस्कार जित्ने मौका थियो । विजेताहरूमा निश्चल घर्ती, प्रतिमा भण्डारी, सन्तोष सुवेदी र शान्ति साउँद रहेको कम्पनीको भनाइ छ ।

निश्चल घर्तीले ललितपुरको एकान्तकुनामा अवस्थित डिलर तिरुमाला मोटर्सबाट, प्रतिमा भण्डारीले चितवनको भरतपुरस्थित डिलर युनाइटेड मोटर्स प्रालिबाट, सन्तोष सुवेदीले स्याङजाको वालिङस्थित डिलर आस्था ट्रेडर्सबाट र शान्ति साउदले कञ्चनपुरको महेन्द्रनगरस्थित डिलर केडी अटोमोबाइल्सबाट होन्डा बाइक किनेका थिए ।

हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार योजना अझै चलिरहेको र यसले ग्राहकहरूलाई थप रोमाञ्चक नगद पुरस्कार जित्ने अवसर दिने समेत बताइएको छ । यो योजना होन्डा इजी फाइनान्समा पनि उपलब्ध छ।

Logo