कृष्णसिंह धामी
काठमाडौं । आज राष्ट्रिय शोक घोषणा भएको दिन । काठमाडौंको वातावरण पनि उदास बनेको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनापछि सिंगो देश शोकमा डुबिरहेका बेला प्रकृति पनि उदास बनेको छ ।

देशभरको मौसम पनि रोएको छ । अझ विशेषगरी काठमाडौंको प्रकृतिले पनि आफ्दो उदासपन झल्काएको छ । बिहान उपत्यका वरपरका डाँडाकाँडाहरु सेताम्ये थिए ।

हिउँले सेताम्मे बनेको काठमाडौं उपत्यकामा एकाएक बदलाव आयो । पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको शव ताप्लेजुङबाट काठमाडौं ल्याउँदा प्रकृति पनि निकै उदास बनेको थियो । दैवले उनीहरुलाई आफ्नो बनाएपछि शवलाई काठमाडौं ल्याउने तयारी थियो । तर ताप्लेजुङको मौसम निकै उदास थियो । लगातार वर्षा तथा हिमपात भईरहेको थियो । ताप्लेजुङको प्रकृतिले पनि उनीहरुलाई विदा गर्न मानेको थिएन् । लगातार रोईरहेको थियो ।

ताप्लेजुङको फुङिलङस्थित तारेभिरमा बुधबार दिउँसो भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टरका चालक क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो ।

उनीहरुको शव बिहीबार काठमाडौं ल्याईएको हो । पोष्टमार्टमपछि श्रद्धाञ्जली अपर्ण गर्दै अन्तिम संस्कार गरिनेछ । शवहरु काठमाडौं ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आफन्त तथा शुभचिन्तकहरुको भिड थियो ।

उनीहरु सबैको अनुसार मलिन थियो । सबै जना सुकसुक मात्रै गरिरहेका थिए । आफन्तहरुको रुवाबासी चलिरहेको थियो । उनीहरु आफन्तलाई सम्झदैं भक्कानिरहेका थिए ।































प्रतिक्रिया