तारा र यती एयरलाइन्सका सम्पूर्ण उडानहरु भोलि शुक्रबारलाई स्थगित गरिएका छन्। एयरलाइन्सले आफ्ना प्रबन्ध निर्देशकको दुखद मृत्यु भएको शोकमा शुक्रबारका सम्पूर्ण उडानहरु स्थगित गर्ने निर्णय गरेको हो।
बुधबार ताप्लेजुङको दारेभीरमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक घिमिरको निधन भएको थियो।





























प्रतिक्रिया