काठमाडौँ । प्रभु समूहअन्तर्गतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख रुपैयाँ सहयोग गरिएको छ ।
समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरेका हुन् ।
असोज दोस्रो हप्तामा देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपद्ले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्याएको परिप्रेक्ष्यमा राष्ट्रिय विपद्को घडीमा पीडित एवं प्रभावित परिवारका लागि सहायता स्वरूप सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताइएको छ ।
प्रभु समूह अन्तर्गगतका उल्लिखित संस्थाहरूबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पीडितहरूको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने समूहले अपेक्षा गरेको छ ।































प्रतिक्रिया