काठमाडौँ । चाडपर्व मनाउन घर जाने हुन्डाईका ग्राहकका लागि हुन्डाईले राजमार्गमा निःशुल्क सवारी जाँचसहितका सेवा उपलब्ध गराउने जनाइएको छ ।
हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई हाईवे एस्योरेन्स–केयर फ्री राइड टु होम’ सञ्चालन गर्ने भएको हो ।
कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेन्ट र कुलेन्ट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्ने बताइएको छ । विद्युतीय सवारीसाधनका लागि पोर्टेबल डीसी चार्जर पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
असोज २२ देखि २५ सम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म यो सेवा उपलब्ध गराइने भएको हो । यस अभियानअन्तर्गत मुख्य राजमार्गका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध गराइने भएको हो ।
सन् २०१४ देखि नियमित रूपमा यो अभियान सञ्चालन गर्दै आएको कम्पनीले दक्ष प्राविधिकसहित हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, गजुरी, भरतपुर, बुटवल, बाँके र कैलाली गरी ९ प्रमुख स्थानमा चेकअप पोइन्ट स्थापना गरेको बताएको छ ।































प्रतिक्रिया