काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसनले फेस्टिभ च्यालेञ्ज घोषणा गरेको छ । स्थापनाको १६ वर्षको संकेत स्वरूप १६ राइडर्स बीचमा हिमालयन मोटरल्याण्ड धुलिखेलमा सो अभियान घोषणा गरिएको हो ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले गत सेप्टेम्बर २७ मा शुरु गरेको मोटरसाइकल कार्निभलको अन्तिम कार्यक्रमका रूपमा फेस्टिभ च्यालेञ्ज घोषणासहित सम्पन्न गरेको थियो । यसअन्तर्गत फेसबुकमा फोटो कन्टेस्ट, इन्स्टाग्राम र टिकटकमा भिडियो–रिल कन्टेस्ट रहेको छ ।
कार्यक्रमका सहभागीहरुले आफूले पोस्ट गरेका ती कन्टेन्टहरूलाई एक हप्ताभित्र सबैभन्दा धरै लाइक, कमेन्ट र सेयरका आधारमा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएको छ ।
एसोसिएसनले गत सेप्टेम्बर २७ मा शुरु गरेको कार्यक्रममा सहभागीहरूले स्लो बाइक कम्पिटिसनमा समेत सहभागीता जनाएका थिए । जहाँ बेस्ट राइडरको रुपमा अनुप श्रेष्ठ चयन भएका थिए । यसअघि टु ह्विल टुरिङ, पोलिसी डायलग तथा बेस्ट अवार्ड लगायतका कार्यक्रम सम्पन्न भइसकेका छन् ।
अन्तरराष्ट्रिय मोटरसाइकल फेडेरेसन एफआईएमको सन् २०२४ को लागि नेपालमा ट्रान्स–हिमालय एड्भेञ्चर मोटरसाइकल कार्निभल लगायतका कार्यक्रम सम्पन्न गरिएको हो । नासा नेपालले एफआईएम एसियाको सहयोगमा गत महिना मात्रै रेस अफिसियल र मार्शलको तालिम काठमाण्डौँमा सम्पन्न गरिएको जनाएको छ । अन्तराष्ट्रिय क्षेत्रमा युवाहरूबीचमा बाइक रेसिङ अत्यन्तै लोकप्रिय रहेका छ ।
नासा नेपालले यसपटक मुख्यतः दुईवटा इभेन्ट मार्फत नेपालको सन्दर्भमा मोटरसाइक्लिङ टुरिङ भरपर्दो विकल्प बन्ने निष्कर्षसहित सम्बन्धित सरकारी निकायमा सुझावसहितको प्रतिवेदन बुझाउने तयारी गरेको बताएको छ ।





























प्रतिक्रिया