प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तुु’ लोकार्पण

प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तुु’ लोकार्पण

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको मंगलबार लोकार्पण गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस्तक लोकार्पण गर्दै सुख प्राप्ती हरेक प्राणीको हुने तर मानिसले सम्मानित तथा सुरक्षित जीवन बाँच्न चाहने भएकाले गरिबीको अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानव जाति’ तर्फको यात्रामा अग्रसर हुनुपर्नेमा जोड दिए ।

उनले कसैलाई छाडी नपारिने संयुक्त राष्ट्रसंघको संकल्पबमोजिम मानिसले अपमानित नभई सम्मानित, सभ्य र शान्त जीवन बाँच्न पाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले समृद्धिका कुरा गर्दा वातावरण संरक्षणका कुरामा ध्यान दिनुपर्ने बताए ।

पुस्तकका लेखक त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा तिम्सिनाले प्रधानमन्त्री ओलीद्वारा अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको आलोकमा खुसी र सुखको वैज्ञानिक विश्लेषण पुस्तकमा गरिएको जानकारी दिए ।

समृद्धि अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा प्रकाशित पुस्तकमा समृद्धिलाई मन, मस्तिष्क र मनस्थितिका आधारमा विविध सामाजिक र आर्थिक पक्षको लेखाजोखा गरिएको छ । कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत युवा विद्यार्थीले समृद्धिबारे आफ्नो बुुझाइ प्रस्तुत गरेका थिए ।

Skip This
Skip This
Logo