एकैपटक २ कम्पनीको आइपीओ आउँदै

एकैपटक २ कम्पनीको आइपीओ आउँदै

केन्द्रबिन्दु
0
Shares

आइपीओ भन्नासाथ हुरुक्कै हुनुहुन्छ ? उसो भए तपाईको लागि खुसीको कुरा छ । कम्तिमा ६ हजार रुपैयाँ ठिक्क पारेर राख्नुहोस्।  अबको एक सातापछि २ वटा कम्पनीले आइपीओ जारी गर्दैछ। तिमध्ये एउटा हाइड्रो पावर र अर्को लघुवित्त कम्पनी रहेका छन्।

१. माउन्टेन हाइड्रो नेपाल लिमिटेड

अहिले पाचथर पावर कम्पनीको आइपीओ बजारमा छ।  पाचथर पावरले नै बिजुली उत्पादन गरेको हेवा खोलामै जलबिधुत आयोजना निर्माण गरिरहेको कम्पनी माउन्टेन हाइड्रोले सर्वासधरंका लागि आइपीओ जारी गर्न लागेको हो।

 नेपाल धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो । कम्पनीले सर्वसाधारणको लागि फागुन २३ गतेदेखि आईपिओ निष्काशन गर्दैछ ।

कम्पनीले यस अघि पहिलो चरणमा  असार २२ देखि  आयोजना प्रभावीत स्थानीयबासीका लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । त्यसमा पर्याप्त आवेदन परेको थिएन।  यसरी बिक्रि नभएको ५ लाख ६६ हजार १ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई १८ लाख १६ हजार १ सय १० कित्ता शेयर निष्काशन गर्न लागेको छ ।

कुल १८ लाख १६ हजार १ सय १० कित्ता शेयरमध्ये ३६ हजार ३ सय २२ कित्ता कर्मचारीलाई र ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि निष्काशन गरि बाँडफांड गरीएको कम्पनीले जनाएको छ ।  बाँकी रहेको १७ लाख ३९ हजार ७ सय ८८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपिओमा छिटोमा फागुन २८ र ढिलोमा चैत्र २२ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ  । क्यापिटलका अनुसार लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ८० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

कस्तो छ कम्पनी ?

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । यो भनेको कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको जनाउछ । कम्पनीले पाँचथरको फिदिम गाविसमा २१.६ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।

२. स्पर्श लघुवित्त

त्यस्तै स्पर्श लघुवित्तले पनि आइपीओ जारी गर्दैछ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ३ गते शेयर निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपिओ निष्काशन गर्दैछ । जस मध्ये ४ हजार १ सय ४८ कित्ता कर्मचारीलाई  र १३ हजार ४ सय ८२ कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ  बाँकी रहेको २ लाख ५२ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको शेयर बिक्रिको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १३ सय ४० कित्ताको लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस आईपिओमा छिटोमा फागुन २८ र सो समयसम्म सबै शेयर बिक्रि नभएमा ढिलोमा चैत्र २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।

स्मरण होस्, कम्पनीले सुरुमा २ करोड ४० लाख रुपैंया वरावरको २ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशनको माग गरेको थियो । तर, पछि कम्पनीले त्यसमा २९ हजार ६ सय ३० कित्ता थप गरी कुल २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपिओ निष्काशनको अनुमति मागेको थियो ।

कस्तो छ कम्पनी ?

यो वित्तिय संस्थाको चुक्ता पूँजी ५ करोड ६० लाख रुपैया रहेको छ। आइपीओ पश्चात वित्तिय संस्थाको चुक्ता पूँजी रु. ८ करोड २९ लाख हुनेछ । पोखरा महानगरपालिकामा मुख्य कार्यालय रहेको यस लघुवित्तले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । स्पर्सको संस्थापकहरुमा जनता बैंक, टुरिजम डेभलपमेन्ट बैंक तथा ७५ जना व्यवसायिक र प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन्  ।

यो पनि 

पाँचथर पावरको आइपीओमा किन बढ्यो आकर्षण ? (अन्तरबार्तासहित)

Skip This
Skip This
Logo