भारत-पाकिस्तान तनाव बढ्दा नेपालमा सुरक्षा सतर्कता बढाईयो

भारत-पाकिस्तान तनाव बढ्दा नेपालमा सुरक्षा सतर्कता बढाईयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा सुरक्षा सतर्कता बढाईएको छ । दुई छिमेकी मुलुकहरु भारत–पाकिस्तानबीच तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको हो । भारतले मंगलबार बिहान पाकिस्तान नियन्त्रित कश्मिरमा १ हजार किलोको बम खसाएलेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको हो ।

भारत–पाकिस्तानबीच युद्धको तनाव बढेसँगै छिमेकी देश नेपालमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको सरकारले जनाएको छ । नेपाल–भारत खुल्ला सिमाना रहेका कारण हुन सक्ने सम्भावित घुसपैठ र सुरक्षा खतरालाई ध्यान दिँदै निगरानी बढाइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले भारतसँग जोडिएको सीमाक्षेत्र र अन्तर्राष्ट्रिय उडान हुने त्रिभुवन विमानस्थल सुरक्षा सतर्कता उच्च बनाइएको प्रवक्ता सुवेदीको भनाई छ ।

छिमेकी दुई देशको तनावलाई ध्यानमा राख्दै सीमाक्षेत्र र विमानस्थलमा निगरानी र सुरक्षा सतर्कता बढाईएको उनको भनाई छ । सम्भावित घुसपैठ हुने कुरालाई चनाखो भएर हेरिरहेको भन्दै दैनिक उपभोग्य सामग्रीमा हुन सक्ने सम्भावित अभावलाई पनि ख्यला गर्दै सीमामा सतर्क हुन निर्देशन दिइसकेको बताए ।

प्रहरीले सिमाना र विमानस्थलमा उच्च सतर्कता अपनाएको हो । भारत–पाकिस्तान तनाव चुलिँदै गएका बेला आइतवार बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको बंगलादेशको एक विमानलाई अपहरणको प्रयास गरिएको थियो । त्यसपछि नेपालको विमानस्थलमा पनि सुरक्षा सतर्कता बढाईएको प्रवक्ता सुवेदीले बताए ।

Logo