जैस-ए-मोहम्मदको अखडा धवस्त पारिएको भारतको दावी

जैस-ए-मोहम्मदको अखडा धवस्त पारिएको भारतको दावी

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भारतले पाकिस्तानको आतंककारी समूह जैस-ए-मोहम्मदको आखडमा हमला गरिएको बताएको छ । उक्त आतंककारी समूहले फेरि भारतका विभिन्न ठाउँमा आक्रमण गर्ने सूचना पाएपछि मंगलबार बिहान पाकिस्तानी भूमिमा बम खसालिएको प्रष्टिकरण दिएको हो ।

मंगलबार बिहान नयाँ दिल्लीमा पत्रकार सम्मेलन भारतीय विदेश सचिव विजय गोखले फेब्रुअरी १४ को पुलवामा आक्रमणपछि जैस ए मोहम्मदले फेरि आक्रमण गर्ने योजना बनाएको सूचना आएकाले उसका अखडामा आक्रमण गरिएको बताए ।

भारतले आज बिहान १२ वटा वायु सेनाका जहाजबाट बालाकोटमा आक्रमण गरेको थियो । पाकिस्तानमा सक्रिय जैस ए मोहम्मदको सबैभन्दा ठूलो तालिम केन्द्र मानिएको क्षेत्रमा बम खसालिएको गोखलेको भनाई छ ।

आक्रमणमा जैस ए मोहम्मदका कमाण्डरसहित कैंयौं सदस्य मारिएको दावी गरे । यसमा कुनै पनि सर्वसाधारण नागरिक नपरेको उनको भनाई छ । घना जंगलको बीचमा रहेकाले उक्त क्षेत्रमा आतंकारीका सदस्यहरु मात्रै मारिएको गोखलेले बताए ।

उनले पाकिस्तान सरकारको जानकारीबिना जैस ए मोहम्मदले आफ्ना गतिविधि गर्न नसक्ने तर्क गर्दै पाकिस्तानले भारतविरूद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिवद्धता पालना नगरेकाको बताए ।

यसअघि भारतीय एयरफोर्सका जहाजले मंगलबार बिहान उज्यालो नहुँदै पाकिस्तान भूमिमा १ हजार किलोग्रामको बम खसालेका थिए।

कस्मिरको ‘लाइन अफ कन्ट्रोल’ भन्दा पर गएर जहाजले बम खसालेको थियो । बम खसालेर भारतीय वायु सेनाका एक दर्जन मिराज २००० जहाज विनाक्षति भारत फर्किएको अधिकारीहरूले जनाएका छन्।

पाकिस्तानले मंगलबार बिहान नै भारतीय जहाज ‘लाइन अफ कन्ट्रोल’ उल्लंघन गरी मुजाफारवादको पाकिस्तानी आकाशमा आएको र पाकिस्तानी वायु सेवाले प्रतिकार गरेपछि फर्किएको जनाएको थियो ।

पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफुरले ट्वीट गर्दै फर्किने बेलामा भारतीय जहाजले हतारमा विस्फोटक पदार्थ खसालेको बताए । भारतीय बमबाट कुनै मानवीय क्षति नभएको पाकिस्तानको दाबी छ।

गत फेब्रुअरी १४ मा भारतको पुलवामामा भएको आत्मघाती हमला ४० भारतीय सुरक्षाकर्मी मारिएका थिए। त्यसपछि भारत र पाकिस्तानको सम्बन्ध तिक्तता आएको छ।

Logo