आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले चौथो जित दर्ता गरेको छ । आज भएको खेलमा नेपालले चीनलाई ५ रनले हराएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनायो । टिममा दुई खेलाडी परिवर्तन गरेको नेपालले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो । ओपनर सिता रानामगर ११ रनमा आउट भइन । त्यसपछि लगत्तै नेपालको दोस्रो विकेट झर्यो । अर्की ओपनर काजल श्रेष्ठ १८ रनमा आउट भइन ।
जवाफमा चीन २० ओभरमा ६ विकेट गुमाउँदा ७२ रनमा रोकियो । मात्र चार रन हुँदा पहिलो विकेट गुमाएको चीनले २० रन बनाउदा दुई विकेट खेर फाल्यो । उसका लागि झाङ चानले तीन, कप्तान हुवाँ झुओले तीन, फो सोङले ६ रन बनाईन। तेस्रो विकेटका लागि केइउन झु र झाङ मेइले ३८ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालिन । तर झु १८ रनमा आउट भएपछि चीनले ५८ रनमा चौथो विकेट गुमायो ।
बलिङमा नेपालका लागि सिता रानामगरले तीन विकेट लिइन ।































प्रतिक्रिया