काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भारतले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा आज भएको उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि ५-२ गोलको फराकिलो जित दर्ता गरेको हो ।
भारतका लागि डाङमेई ग्रेसले दुई गोल गरिन् भने मनिषा कल्यान, बाला देवी र ज्योति चौहानले १-१ गोल गरे । पाकिस्तानका लागि सुहा हिरानी र काएला मारी सिद्दिकीले १-१ गोल गरे ।
यस जितसँगै भारतले ३ अंक जोडेको छ । शुक्रबार साँझ ५ः३० बजे नेपाल र भुटान खेल्नेछन् ।





























प्रतिक्रिया