राहत कुर्दै वर्ष दिन वित्यो, अझै आएन

राहत कुर्दै वर्ष दिन वित्यो, अझै आएन

केन्द्रबिन्दु
0
Shares

कालिकोट

जिल्लामा गतवर्ष चैत २७ गते राति आएको हावाहुरीसहितको असिना पानीले नष्ट गरेको बालीको राहत रकम अहिलेसम्म किसानले पाउन सकेका छैनन् ।

हावाहुरी सहितको असिनाका कारण ६ हजार ५ सय ८९ परिवार प्रत्यक्ष प्रभावित भएका थिए । असिनापानीले २ करोड ६४ लाख रुपैयाँको तरकारी, फलपुल र अन्नबाली नष्ट गरेको थियो ।

असिनाले खाडाचक्र रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकामा कृषि प्राविधिकको नेतृत्वमा राजनैतिक दल र संचारकर्मीसहित खटाएर क्षतिको विवरण संकलन गरेर राहतका लागि सरकारलाई सिफारिस गरिएको सहायक प्रजिअ राजकुमार दुलालले बताए ।

असिनाले सबैभन्दा बढी रास्कोट नगरपालिकामा ६५ लाख ३५ हजार, खाँडाचक्र नगरपालिकामा ४३ लाख ७८ हजार, नरहरिनाथ गाउँपालिकामा ३२ लाख २ हजार, शुभकालिकामा २ लाख २ हजार र सान्नीत्रिवेणीमा गाउँपालिकामा २ करोड ३० लाख ३ हजारको क्षति भएको विवरण आएको थियो ।

क्षतिको विवरण पठाएको वर्ष दिन वित्न लागिसकेको छ । सबै स्थानीय निकायबाट प्राप्त भएको विवरण केन्द्रमा पठाएको तर राहत दिने बिषयमा माथिल्लो निकायबाट केही जानकारी नआएको जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर कार्कीले बताए । हावाहुरी र असिनाले रास्कोट नगरपालिका क्षेत्रमा सबैभन्दा धेरै क्षति पुर्याएको थियो ।
राजधानीबाट

Logo