प्रहरीले चार जना बालबालिकालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले २८ ओटा मोवाइलसहित चार्जर, मल्टिपलक, एयरफोनलगायतका सामग्री बरामद गरेको हो ।
बूढानीलकण्ठ नगरपालिका–१० निलोपुलमा हिडिरहेका बालिकाहरुमाथि जाँच गर्दा हराएका मोवाइलसहित केही समान भेटिएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका दुई, सुर्खेतको एक र नवलपरासी घर भई काठमाडौँ बस्ने एक गरी १८ वर्ष मुनिका चार रहेका महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ ।
सोधपुछ गर्दा उनिहरुले कपनस्थित तेञ्जिङ चोकमा रहेको कोनिका इलेक्ट्रोनिक पसल गरेर बसेका गोपाल राईको पसलको सटर फोरेर चोरी गरेको स्वीकारेका छन् । पक्राउ परेका उनीहरुलाई चोरी शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका सबै बालबालिका भएकाले उनीहरुलाई बाल निगरानी कक्षमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया