प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन्।
प्रधानमन्त्री ओलीले बालुवाटार परिसरको गमलामा बिरुवा रोपेका हुन्। यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको बिरुवा रोपेकी छन् । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुवा मोहनप्रसाद ओलीलाई खुवाए।
प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ, अभिनेत्री जया प्रदा लगायतले शुभकामना दिए। प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मेका हुन्।

यो पनि































प्रतिक्रिया