कुशलको शानदार ब्याटिङमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

कुशलको शानदार ब्याटिङमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । कुशल भुर्तेलको शानदार ब्याटिङमा नेपालले अमेरिकालाईे १७१ रनको लक्ष्य दिएको छ । अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले ३ खेलको टी ट्वान्टी सिरिजको दोस्रो खेलमा घरेलु टोलीलाई १ सय ७१ रनको लक्ष्य दिएको हो ।

नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रनको बनाएको हो । नेपालका लागि कुशलले ५४ बलमा नट आउट रहँदै ७ चौका र ६ छक्का प्रहार गरी सर्वाधिक ९२ रन बनाए ।

ओपनर अनिलकुमार शाहले ३१ बलमा २ चौका र १ छक्का प्रहार गरेर २५ रन बनाए । उनी नोस्तुश केन्जिकेबाट कट एण्ड बोल्ड भए । गुलशन झाले १२ बलमा १९ रन बनाए भने कप्तान रोहित पौडेल १४ बलमा १८ रन बनाउँदै आउट भए । करण केसी १ बलमा ६ रन बनाउँदै नट आउट रहे ।

अमेरिकाका लागि नोस्तुश केन्जिके र जसदिप सिंहले समान २ तथा सौरभ नेत्राभाल्करले १ विकेट लिए ।

Logo