किन भयो नेकपाको कार्यदल विघटन ? हेर्नुहोस भिडियो

किन भयो नेकपाको कार्यदल विघटन ? हेर्नुहोस भिडियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल विघटन गरेको छ । नेकपाको शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सांगठनिक एकता टुंगो लगाउन आवश्यक सुझाव तयार पार्न गठित कार्य दल विघटन गरेको हो ।

बिहीबार बसेको बैठकमा कार्य दलका संयोजक रामबहादुर थापाले प्रतिवेदन पेश गर्दै एक हप्ता समय थप गर्न माग गरेका थिए । पार्टीको सांगठनिक एकताको खाका तयार पार्ने क्रममा विवाद भएपछि सो जिम्मेवारी सचिवालयले आफैले गर्ने गरी कार्यदल विघटन गरिएको हो ।

 

Logo