विवादका कारण कांग्रेस बैठक बस्न सकेन (भिडियोमा)

विवादका कारण कांग्रेस बैठक बस्न सकेन (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद चर्कदै गएपछि आज बोलाइएको केन्द्रिय समितिको बैठक बस्न सकेन । सभापति शेरबहादुर देउवाको अडानका कारण केन्द्रीय सदस्यहरु विच्किएका हुन् ।

केन्द्रिय समितिको बैठक बिहान ११ बजे बोलाइएको भए पनि अपरान्ह ५ बजे सम्म विवाद मिल्न नसके पछि बैठक स्थगित गरिएको हो ।

बैठक बस्न नसके पछि प्रवक्ता विश्व प्रकाश शर्माले महासमितिबाट केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको विधानलाई अन्तिम रुप दिन आवश्यक थप छलफल गरेर सहमतिको प्रयास गर्ने गरी बैठक स्थगन गरिएको जानकारी दिए ।

बैठक बस्नुअघि विद्यार्थी संगठन नेविसंघले कांग्रेस मुख्यालय घेराउ गरेको थियो ।

Logo