काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार रुपैयाँको बराबरको सामान आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजसम्ममा उक्त मूल्य बराबरको सामान आयात भएको हो ।
गत आर्थिक वर्ष २०८०/८१ सोही महिनासम्ममा नेपालले ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँको सामान आयात गरेको थियो । जुन आयात अहिलेको पहिलाको तुलनामा ४.१७ प्रतिशतले कमी रहेको विभागले बताएको छ ।
चालु आवको साउनदेखि असोजसम्ममा नेपालले १३२ वटा देशबाट सामान निर्यात र आयात गर्दै आएका छ । विभागका अनुसार आयातको तुलनामा निर्यात भने न्यून छ । तीन महिनामा ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार रुपैयाँको सामान आयात गरेको थियो ।
निर्यातमा गत आर्थिक वर्षको तुलमा ६.११ प्रतिशतले कमी देखिएको छ । गत आर्थिक वर्षको सोही महिनासम्ममा नेपालले विभिन्न देशले ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँको सामान निर्यात गरेको थियो ।
यसैगरी चालु आवमा कुल वैदेशिक व्यापार ४.३५ प्रतिशतले कमी आएको छ । गत आवको सोही अवधिमा ४ खर्ब ४८ अर्ब ६३ करोड ३८ लाख ६६ हजारको वैदेशिक व्यापार भएको थियो । चालु आवमा भने ४ खर्ब २९ खर्ब १३ करोड १० लाख ३८ हजार रुपैयाँको वैदेशिक व्यापार भएको विभागले बताएको छ ।
यस्तै, नेपालेको वैदेशिक व्यपार घाटा पनि ३.९३६ प्रतिशतले घटेको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको असोजसम्ममा ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार व्यपार घाटा बेहोरेको नेपालमा चालु आवको यो महिनासम्ममा ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख ४ हजार रुपैयाँ व्यापार घाटा भइसकेको भन्सार विभागले जनाएको छ।































प्रतिक्रिया