केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

नेपाली दूतावासको मनपरीदेखि राजपाको चेतावनीसम्म

नेपाली दूतावासको मनपरीदेखि राजपाको चेतावनीसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

सरकारलाई राजपाको चेतावनी-‘समर्थन फिर्ता लिएर संघर्ष गर्न बाध्य नपारियोस्’-

राष्ट्रिय जनता पार्टी (राजपा)ले आफ्नो माग तत्काल पूरा गर्न सरकारलाई चेतावनी दिएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै राजपा सांसद् लक्ष्मणलाल कर्णले संविधान संशोधन सहितका माग अविलम्ब पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै अन्यथा चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।

‘पशुपति केटा’ को गीत किन प्रतिबन्ध लगाउने ?’- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीतमाथि लगाईएको प्रतिबन्ध बारे प्रतिक्रिया दिएका छन् । पशुपतिको गीत लुट्न सके लुट कान्छ बारे प्रधानमन्त्रीले धनगढी पुगेर प्रतिक्रिया दिएका हुन् । सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त गीतमाथि सरकारले प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको प्रष्ट पारे । ओलीले भने– ‘एक केटोले लुट भन्ने गीत गाएछ, यसलाई सरकारले किन प्रतिबन्द लगाउने हामीले यसका बारेमा केही बोलेका छैनौं।’

सहायक डीनद्धारा एक छात्रामाथि यौन दुर्व्यवहार, विद्यार्थीले कालोमोसो दले

त्रिभुवन विश्वविद्यालयका एक सहायक डीनले छात्रामाथि यौन दुव्यर्ववहार गरेका छन् । शिक्षा शास्त्र संकायका सहायक डीन बौबालाल साहले एक छात्रामाथि यौन दुव्र्यवहार गरेका हुन् ।

अस्ट्रेलियामा अलपत्र बिद्यार्थीहरुको उद्धार गर्न कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्ट्रेलियामा अलपत्र नेपाली बिद्यार्थीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सरकारले अलपत्र परेका नेपाली विद्यार्थीको उद्धार एवम् उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न माग गरेका हुन् । शर्माले पीडित विद्यार्थीहरु एवं अभिभावकको भावना अनुसार तत्कालै व्यवस्थापनमा अग्रसरता देखाउन पनि अपिल गरेका छन् ।

होटलको उद्घाटन गर्न देउवा पुगे सिमरा, १५१ किलोको मालाले स्वागत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सिमरामा भव्य स्वागत गरिएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवालाई सिमरामा एक सय ५१ किलोको मालाले स्वागत गरिएको हो । बुधबार बिहान सिमरा पुगेका देउवालाई जितपुरसिमरा उपमहानगरपालिका कांग्रेस नगर समितिले १ सय ५१ किलोको माला लगाईएको हो । नगरसभापति सभापति श्यामबाबु गुप्ताले उक्त माला लगाईदिएका थिए ।

ग्यास उधोगी आन्दोलित, बिक्री ठप्प पार्ने चेतावनी

नेपाल एलपी ग्यास उद्योग संघले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । संघले बुधवार पत्रकार सम्मेलन गर्दै बिभिन्न १० बुँदे माग पूरा नभए ग्यास बोटलिङ प्लान्ट बन्द गर्ने घोषणा गरेका हुन् । संघले फागुन १७ गतेदेखि ग्यासको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) खरीद नगर्ने, फागुन २२ गतेदेखि भारतबाटै ग्यास उठाउन बन्द गर्ने, फागुन २५ गतेदेखि सबै भन्सार नाकाबाट ग्यास बुलेट नछुटाउने, फागुन २८ गतेदेखि सबै ग्यास उद्योग बन्द गर्ने र फागुन ३० गतेदेखि ग्यास बिक्रेताबाट ग्यास बिक्री गर्ने हड्तालका कार्यक्रम घोषणा गरेका हुन्।

सिन्डिकेट हटिसक्यो, सुन तस्करीको जालो ध्वस्त भैसक्यो- गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन तस्करीको जालो ध्वस्त भैसकेको दाबी गरेका छन् । राष्ट्रियसभामा बुधबारको बैठकमा जवाफ दिँदै गृहमन्त्री थापाले भने– ‘सुन तस्करीको सञ्जाललाई राज्यले ध्वस्त पार्न सफल भएको छ। र, यससित सम्बन्धित जो माछा(अपराधी)हरु हुन्, उनीहरुलाई कानुनको कठघरामा ल्याइएको छ।’थापाले यो प्रकरण अहिले त्यो अदालतमा पुगेको भन्दै अदालतले ती अपराधीलाई दण्ड दिने छ भन्ने विश्वास व्यक्त गरे।

अमेरिकास्थित नेपाली दूतावासको मनपरी, नेपालको क्षेत्रफल नै २ वटा

नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर भन्ने सानो बच्चालाई पनि थाहा हुन्छ । सुगौली सन्धिपछि नेपालको क्षेत्रफल पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म सिमित पारिएको थियो ।

उक्त क्षेत्रफल अधिकांशको मुखमा नै झुण्डिरहेको हुन्छ । तर, अमेरिकामा रहेको नेपाली राजदूतावासलाई भने नेपालको क्षेत्रफलबारे नै जानकारी छैन । वासिङटन डिसीमा रहेको नेपाली राजदूतावासको वेबसाईटमा नेपालको क्षेत्रफल लगभग १ लाख ४७ हजार वर्गकिलोमिटर मात्र लेखिएको छ । दूतावासले नेपालको १ सय ८१ वर्गकिलोमिटर क्षेत्रफल नै गुमाईदिएको छ ।

युनिभर्सलको आइपीओ मागे जति नपाइने

ह्वात्तै बढ्यो सुनको भाउ, ५ वर्षयताकै महंगो

विकासका सबै काम प्रविधिमैत्री बनाउँछौ- प्रधानमन्त्री

‘ठूलो माछा’ बोकेर अख्तियार पुगेका विवेकशील साझाका कार्यकर्ताहरु पक्राउ

६ सचिवको सरुवा, को कहाँ ?

सरकारी संस्थानहरुको बेरुजु ५ खर्ब १९ अर्ब

बझाङमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु, एक घाइते

तीन महिनाभित्र लेखा परीक्षण गराउन निर्देशन

‘लुट्न सके लुट’ प्रतिबन्धपछि पशुपतिको ‘आईजा ओई काल’ चर्चामा

बङ्लादेशका २० हजार वेबसाइट बन्द

जीप दुर्घटनामा ४ जनाको मृत्यु, ८ जना घाइते

स्वावलम्बन लघुवित्तलाई झट्का

चलचित्र ‘साइँली’ को गीत ‘प्याट प्याटे’ सार्वजनिक

गर्भावस्थामा ब्लडप्रेसरको समस्या बढ्दो, यसरी गर्नुहोस् रोकथाम

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo