काठमाडाैं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीमाथि म्याद थपका लागि बहस सुरु भएको छ ।
उनीहरुमाथि कास्की जिल्ला अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा बहस सुरू भएको हो ।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोपमा गत साताको शुक्रबार काठमाडौंको केन्द्रिय पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राती नै पोखरा लगिएको थियो । र आइतबार कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थपेर अनुसन्धान भएको थियो । उक्त म्याद बुधबार सकिएकाले पुनः म्याद थपका लागि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो ।
गत असोज ६ गते नै पक्राउ परेर पोखरा ल्याइएका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई पनि आजै अदालतमा उपस्थित गराइएको छ । उनीहरुको एकसाथ बहस सुरू भएको हो ।































प्रतिक्रिया