काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा सर्लाहीका ९० जनाभन्दा बढी विरामी शल्यक्रियाका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)मा आइपुगेका छन् ।
दशैंअघि केएमसी र नोबेल मेडिकल कलेजको स्वास्थ्य टोलीले सर्लाहीका विभिन्न स्थानमा वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । त्यहाँ हजारौंले स्वास्थ्य सेवा लिएका थिए र त्यहाँ उपचार सम्भव नभएका वा थप उपचार गर्नुपर्नेलाई रेफर गरिएको थियो । जसमा आज सर्लाहीको बरहथवा नगरपालिकाबाट ९० जना भन्दा बढी विरामी आइपुगेको र अझै आउने क्रम जारी रहेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
उनीहरुलाई केएमसीले औषधीबाहेक सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराउने छ । यसअघि बलरा नगरपालिका, कौडेना गाउँपालिका र हिरापुरबाट २० जना भन्दा बढी विरामी आइपुगेका थिए ।































प्रतिक्रिया