गृहमन्त्री रामबहादुर थापा 'बादल'ले सुन तस्करीको जालो ध्वस्त भैसकेको दाबी गरेका छन् ।

राष्ट्रियसभामा बुधबारको बैठकमा  जवाफ दिँदै गृहमन्त्री थापाले भने– 'सुन तस्करीको सञ्जाललाई राज्यले ध्वस्त पार्न सफल भएको छ। "/>

सिन्डिकेट हटिसक्यो, सुन तस्करीको जालो ध्वस्त भैसक्यो- गृहमन्त्री

सिन्डिकेट हटिसक्यो, सुन तस्करीको जालो ध्वस्त भैसक्यो- गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन तस्करीको जालो ध्वस्त भैसकेको दाबी गरेका छन् ।

राष्ट्रियसभामा बुधबारको बैठकमा  जवाफ दिँदै गृहमन्त्री थापाले भने– ‘सुन तस्करीको सञ्जाललाई राज्यले ध्वस्त पार्न सफल भएको छ। र, यससित सम्बन्धित जो माछा(अपराधी)हरु हुन्, उनीहरुलाई कानुनको कठघरामा ल्याइएको छ।’थापाले यो प्रकरण अहिले त्यो अदालतमा पुगेको भन्दै अदालतले ती अपराधीलाई दण्ड दिने छ भन्ने विश्वास व्यक्त गरे।

त्यस्तै, गृहमन्त्री थापाले सिन्डिकेटको अन्त्य भइसकेको दाबी गरे। ‘कानुनी रुपमा सिन्डिकेट फेरि फर्केर आउने सम्भावना छैन’, उनले भने, ‘राज्यले सबै प्रकारका सिन्डिकेटहरु अन्त्य नीति पनि लिएको छ।’

थापाले यातायात क्षेत्रको सिन्डिकेटलाई व्यवस्थापन गर्ने काम मात्र अब बाँकी रहेको बताए। त्यस्तै गृहमन्त्री थापाले निर्मला पन्त प्रकरणमा सरकारको तर्फबाट अपराधीहरुलाई शिघ्रताकासाथ कानुनको कठघरामा ल्याउने  प्रयासलाई तिब्रता दिएको बताए।  त्यस्तै उनले पूर्व राजदूत केशव झाको हत्याको अनुसन्धान चलिरहेको पनि बताए ।

Skip This
Skip This
Logo