सरकारले विभिन्न ६ सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बिभिन्न मन्त्रालयका सचिवको सरूवा बढुवा तथा पदस्थापन गरेको हो।
जस अनुसार वाइडबडी जहाज खरिद प्रकरणमा विवादमा मुछिएका पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई पर्यटन मन्त्रालयमा ल्याइएको छ ।
खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयका दीपेन्द्रनाथ शर्मालाई खानेपानी मन्त्रालयमा ल्याईएको छ । त्यस्तै रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साललाई प्रधानमन्त्री कार्यालयमा र प्रधानमन्त्री कार्यालयका सचिव रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै सहसचिव सूर्य गौतमलाई सचिवमा बढुवा गरी महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको छ ।































प्रतिक्रिया