विद्यालय शिक्षकको मापदण्ड तोकियो, पाँच वर्ष भित्र योग्यता पुर्याउनै पर्ने

विद्यालय शिक्षकको मापदण्ड तोकियो, पाँच वर्ष भित्र योग्यता पुर्याउनै पर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुले अव योग्यता नपुगेको भए ५ बर्षभित्र योग्यता पु¥याउनु पर्ने भएको छ ।

सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभुत तहमा अध्यापन गराउन कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा स्नातकोत्तर तह हुनुपर्ने व्यवस्था गरेपछि योग्यता नपुगेका शिक्षकले अनिवार्य रुपमा स्नातक वा स्नातकोत्तर तह पुरा गर्नुपर्ने भएको छ ।

प्रस्तावमा वालविकास केन्द्र (इसिडी) र कक्षा १ देखि ३ सम्म अध्यापन गराउन भने कक्षा १२ वा प्रविणता प्रमाणपत्र तह अध्ययन पुरा गरे पुग्ने भएको छ । हाल सार्वजनिक भएको मस्यौदा प्रति नेपाल शिक्षक महासंघले आपत्ती जनाएको छ ।

महासंघका अध्यक्ष वावुराम थापाले भन्नुभयो– मस्यौदामा यस्तो विषय उल्लेख भएको सुनेको छु, यो ब्यवस्था गर्न लागेको भए हामी मान्दैनौ ।

उहाले पाँच वर्ष भित्र योग्यता पु¥याउने विषय हटाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– स्नातक तह पुरा गर्न चार वर्ष लाग्ने अवस्थामा कसरी पांच वर्षभित्र स्नातकोत्तर तह पुरा गर्न सकिन्छ । उहाँले मस्यौदामा पाँच वर्ष उल्लेख भए त्यसलाई सच्याएर सात वर्ष कायम गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारले आधारभुत र मावि तहका लागि तयार गरेको योग्यता समयको माग अनुसार भएको तर्क राख्दै अध्ययन सम्पन्न गर्न समयावधी थप गर्नुपर्ने दावी गर्नुभयो ।
नेपाल समाचारपत्रबाट

Logo