बिछ्यौनामा मृत भेटिए श्रीमान् र श्रीमती

बिछ्यौनामा मृत भेटिए श्रीमान् र श्रीमती

केन्द्रबिन्दु
90
Shares

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमला बिछ्यौनामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जना आज बिहान मृत फेला परेका हुन् ।

त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । “घटना शङ्कास्पद छ, उनले भने, “मृतकको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।

Skip This
Skip This
Logo