नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरको थाहा नगरपालिका ६ स्थित बज्रबाराही स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग गरेका छन्।
बानियाँले स्वर्गीय पिता क्षेमबहादुरको स्मृतिमा एम्बुलेन्स र संचालनको लागि ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । यसअघि नेता बानियाँले राईगाउँ स्वास्थ्यचौकी र हर्नामाडी स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग गरेका थिए ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, नेपाली कांग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, बज्रबाराही स्वास्थ्यचौकी प्रमुख सजिता पराजुली, जयराम लामिछाने, कृष्णभक्त श्रेष्ठ, आनन्दराम पराजुली लगायत उपस्थित थिए।
यो सहित थाहा नगरपालिका वडा नम्बर ६ मा २ वटा एम्बुलेन्स संचालन हुने भएको छ। एम्बुलेन्सको सुबिधा उपलब्ध भए पनि सुबिधासम्पन्न फार्मेसी लगायतको सुबिधा नहुँदा यहाका स्थानीय पालुङ्, काठमाडौँ, हेटौडा जान बाध्य छन्।
स्मरण होस्, सरकारले उपलब्ध गराउदै आएको निशुल्क औषधि दुरुपयोग भएपछि तत्कालिन जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले यो स्वास्थ्यचौकीलाई सचेत पत्र पठाएको थियो ।





























प्रतिक्रिया