अन्तर्वार्तामा रोमान्टिक ‘मुन्नी’ र ‘काकु’, यसरी सम्झिए विगत (भिडियोसहित)

अन्तर्वार्तामा रोमान्टिक ‘मुन्नी’ र ‘काकु’, यसरी सम्झिए विगत (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वमै प्रभाव पारेको कोरोना आतंकले लामो समयदेखि सुस्ताएको कला जगत विस्तारै व्युँतिन थालेको छ । थोरै जनशक्ति लाग्ने म्युजिक भिडियोका कामहरु धमाधम भईरहेका छन् भने टेलिसिरियल र चलचित्रकर्मीहरु पनि विस्तारै पुरानै लयमा फर्कने जमर्को गर्दैछन् ।

यसैको उदाहरणस्वरुप पछिल्ला केहि समय अघिबाट नेपाली दर्शकमाझ निकै लोकप्रिय बनेको टेलिचलचित्र ‘सक्किगोनी’ पनि यहि मंसिर २५ गते विहिबारबाट नयाँ जोश र उत्साहसहित पुनः प्रसारण हुने भएको छ ।

हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको हो । सक्किगोनी आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको हो ।

‘सक्किगोनी’ टीमले आफ्नो सिर्जनशीलतालाई प्रमाणित गरिसकेको छ, लाखौं करोडौं मानिस सक्किगोनीका चरित्र र कलाकारसँग गहिरोसँग बाँधिएका छन् ।

यसपटक हामीले यहि टेलिश्रृंखलाका २ जना कलाकारलाई अतिथीको रुपमा बोलाएका छौं । कलाकारद्वय दिपक आचार्य ‘काकु’ र प्रियना आचार्य ‘मुन्नी’ सँग केन्द्रबिन्दुले गरेको रमाइलो कुराकानी हेरौं यो भिडियोमा :

 

Logo