पशुपति शर्माको गीतले संसदमा निम्त्याएको ‘मनी एनाउन्समेन्ट वार’ (भिडियोमा)

पशुपति शर्माको गीतले संसदमा निम्त्याएको ‘मनी एनाउन्समेन्ट वार’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको संसद सानो विषयमा पनि ठूलो मुद्दा बनाउन उद्धत छ भन्ने कुरा एउटा घटनाले प्रष्ट पारेको छ । गायक पशुपति शर्माको गीत लुट्न सके लुट भन्ने गीतले संसदमा उच्च महत्व नै पाएको छ । यस विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच जुहारी नै चलेको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाएको भन्दै आपत्ति जनाए ।

उनले सरकार एउटा रचना तथा संगीतसँग डराएको भन्दै गम्भीर आरोप लगाए । उनले सांसदका रुपमा आफूले पाउने फागुन महिनाको तलबबाट २५ हजार रुपैयाँ गायक पशुपति शर्मालाई पुरस्कार स्वरुप दिने घोषणा नै गरे ।

उनको घोषणा लगत्तै नेकपा सांसदले प्रतिवाद नै गर्न भ्याए । नेकपा सांसद झपट रावलले कांग्रेसका सांसद सिंहले पशुपति शर्मालाई २५ हजार दिने घोषणा गरेपछि उल्टै सिंहलाई नै एक महिनाको तलब दिने बताए ।

रावलले सांसद सिंहले पशुपति शर्माको गीत गाएमा आफूले फागुन महिनाको पुरै तलब सिंहलाई नै दिने घोषणा गरेका हुन् । उनले भने, ‘पहिले–मलाई अमेरिका यहि, जापान पनि यहि भन्ने गीत गाएका पशुपति शर्माले अहिले लुट्न कान्छा लुट भन्ने गीत गाए छन् । उनको गीतमा राष्ट्रपतिको प्रशंग तथा कुकुर र यमराज जस्ता आपत्तिजनक शब्द छन् । यो गीत गाउने शर्मालाई आफ्नो तलबबाट २५ हजार दिने घोषणा गरेका माननीयले आफै गाएमा मैले फागुन महिनाको पूरै तलब उहाँलाई दिन्छु ।’

उनीहरुको भनाईप्रति प्रतिनिधिसभा सदस्यहरु रमिते बने । उनीहरुले एकअर्काको घोषणामा तााली नै बजाए ।

Skip This
Skip This
Logo