जीप दुर्घटनामा २ जनाको मृत्यु, ९ जना घाइते

जीप दुर्घटनामा २ जनाको मृत्यु, ९ जना घाइते

केन्द्रबिन्दु
0
Shares

बझाङ

बझाङमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

चैनपुरबाट धामिखेलका लागि छुटेको से १ ज ८९० नम्बरको जीप गएराति काप्रिकोटमा दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका–११ की १२ वर्षीया समु जोशी र ४८ वर्षका धौले जोशीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेको बझाङकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

Skip This
Skip This
Logo