काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी युवा नीतिमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का विषयलाई समेट्ने प्रतिबद्धता जनाएका छन् ।
एनआरएनए वार्षिक साधारणसभा र ग्लोबल कन्क्लेभ २०२४ को पाँचौँ सत्रमा राष्ट्र निर्माणका लागि प्रवासी युवाको सशक्तिकरणलाई आज सम्बोधन गर्दै उनले युवा नीति अख्तियार गरेर कानुन र अर्थमा पुगिसकेको र मन्त्रिपरिषद्बाट केही दिनपछि पारित हुने बताए ।
मन्त्री चौधरीले विश्वका विभिन्न मुलुकमा रही फरक–फरक क्षेत्रमा हासिल गरेको अनुभव, क्षमता तथा पुँजी मातृभूमिको विकासमा लगानी गर्ने डायस्पोराको सोच उदाहरणीय भएको बताए ।
भाषा, संस्कृति, उत्पादन, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, सामाजिक न्यायको क्षेत्रमा डायस्पोराका युवालाई परिचालन गर्न र अनुसन्धान नवप्रवर्तन क्षेत्रमा अनुभव तथा सीप प्रयोग गर्न सकिने मन्त्री चौधरीको भनाइ थियो । कार्यक्रममा पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता पदम गिरीले नयाँ पुस्तालाई राष्ट्र निर्माणमा जोड्न तत्कालै ठोस् योजना जरुरी रहेको बताए । यसमा विलम्बन नगरी छिटो नीति ल्याउनुपर्नेमा उनले जोड दिए ।





























प्रतिक्रिया