असर्फी किन्नेको घुइँचो [फोटोफिचर]

असर्फी किन्नेको घुइँचो [फोटोफिचर]

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सुनको सिक्का (असर्फी) बिक्री गर्दैछ ।

काठमाडौं बबरमहलस्थित टक्सार महाशाखाबाट राष्ट्र बैंकले असर्फी र चाँदीको सिक्का बिक्री गरिरहेको छ । असर्फीका लागि सर्वसाधारण बिहान ६ बजेदेखि नै लाइनमा लागेका छन् । राष्ट्र बैंकले आज (मंगलबार) मात्र असर्फी बिक्री गर्न लागेको हो । गुणस्तरीय सुन अभाव भएकाले थोरै असर्फी बनाइएको राष्ट्र बैंकले बताएको छ । यही कारण आज जो पहिले आउँछ उसैले पाउने गरी बिक्री गरिरहेको छ ।

प्रतिव्यक्ति पाँच थान चाँदीको सिक्का बिक्री भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

Skip This
Skip This
Logo