काठमाडौँ । टाटा मोटर्सले सेप्टेम्बर २०२२ मा लन्च गरिएको आफ्नो इन्ट्रि लेभल कार टियागो ईभी ५० हजार युनिट बिक्री भएको जनाएको छ ।
यो कारले २४ घण्टामा १० हजारभन्दा बढी यूनिट बुकिङ प्राप्त गरेको थियो भने डेलिभरी सुरु गरेको ४ महिनामा १० भन्दा बढी र १७ महिनामा कुल ४० हजार युनिट बिक्री गरेको थियो ।
टियागो ईभीमा टाटाले १९.२ र २४ किलोवाट आवरको ब्याट्री विकल्प दिएको छ । ५५ किलोवाट मोटर जडान गरिएको ईभीलाई एपकटक फुल चार्ज गर्दा ३१५ किलोमिटरसम्म गुडाउन सकिने दाबी गरिएको छ ।
नेपाली बजारमा लङ रेन्ज भेरिएन्ट मात्र उपलब्ध यसको मूल्य २७ लाख ४९ हजारदेखी ३० लाखसम्म पर्छ ।





























प्रतिक्रिया