काठमाडौं विश्वकै पाँचौ घुम्न लायक सहर, लन्लीले गर्‍यो यस्तो प्रशंसा

काठमाडौं विश्वकै पाँचौ घुम्न लायक सहर, लन्लीले गर्‍यो यस्तो प्रशंसा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संसारकै चर्चित ट्राभल वेबसाइट कम्पनी लन्ली प्लानेटले काठमाडौंलाई उत्कृष्ट १० सहरको सूचीमा राखेको छ । लन्ली प्लानेटले सन् २०१९ मा घुम्नैपर्ने उत्कृष्ट १० सहरको सूचीमा काठमाडौंलाई पनि समावेश गरेको हो ।

लन्ली प्लानेटको वेवसाइटले काठमाडौंलाई विश्वकै घुम्नलायक सहरको पाँचौ नम्बरमा राखेको छ । सन् २०१५ को भूकम्पले काठमाडौंको रुप केही बिगारे पनि पुनर्निर्माण भैरहेको र यहाँका सम्पदा अत्यन्तै सुन्दर रहेको वेवसाइटमा उल्लेख छ ।

काठमाडौंको ट्राफिक व्यवस्था दशककै राम्रो रहेको वेबसाइटले उल्लेख गरेको छ । त्यस्तै वाइफाइ, शान्तपना, नियमित विद्युत लगायतका कारण काठमाडौं झनै घुम्नलायक सहर रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ ।

घुम्नैपर्ने उत्कृष्ट १० सहरको सूची अनुसार पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभी साद, चौथोमा संयुक्त राज्य अमेरिकाको मायामी, पाँचौमा नेपालको काठमाडौं, छैठौंमा मेक्सिकोको मेक्सिको सिटी, सातौंमा सेनेगलको डाकर र आठौंमा अमेरिकाको सियाटल, नवौंमा क्रोएसियाको जदार र दशौंमा मोरक्कोको मेक्नेज सहर रहेका छन् ।

Skip This
Skip This
Logo