संविधान संशोधन सबैको सहमतिमा हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

संविधान संशोधन सबैको सहमतिमा हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

केन्द्रबिन्दु
15
Shares

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन् ।

विराट्नगर विमानस्थलमा आज पत्रकारहरुसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा बृहत् छलफल गरिने उल्लेख गरे ।

सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाएको उनले बताए ।

बरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “संविधान संशोधन लोकतन्त्र सुदृढीकरणका लागि हो ।” मुलुक अप्ठ्यारो अवस्था तथा चरम शङ्कटमा पुग्दा वर्तमान सत्ता गठबन्धन बनेको उनको भनाइ थियो ।

Skip This
Skip This
Logo