काठमाडौं । तीन दिनसम्म हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारदेखि सोमबारसम्म देशभरका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद बरुण पौडेलले जानकारी दिए ।
आजदेखि सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको उनको भनाई छ । देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
महाशाखाले जारी गरेको पूवार्नुमान विवरणः
शनिबारः दिउँसो
देशभर आंशिकदेखि सामान्य बदली रहने देखिन्छ र देशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
रातिः देशको पश्चिमी र मध्य भू-भागमा आंशिक बदली र पूर्वी भू(भागमा सामान्य बदली रहने देखिन्छ र पूर्वी तथा मध्य पहाडी भू-भागका थोरै स्थानहरूमा र पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका पूर्वी हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना देखिन्छ।
आइतबारः दिउँसो
देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ र पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातिः देशको पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।
सोमबारः दिउँसो
देशको पश्चिमि भू-भाग लगायत पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ र देशको पश्चिमी भू-भाग लगायत पूर्वी तथा मध्य पहाडी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिः देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली रहने तथा पूर्वी भू-भागमा आंशिक बदली रहने देखिन्छ र पश्चिमी भू-भागका थोरै स्थानहरूमा तथा मध्यका १र२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।





























प्रतिक्रिया