बङ्गलादेशविरुद्ध केही मिनेटमै नेपालले फर्कायो गोल

बङ्गलादेशविरुद्ध केही मिनेटमै नेपालले फर्कायो गोल

केन्द्रबिन्दु
195
Shares

काठमाडौं । दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपअन्तर्गत फाइनल खेलको दोस्रो हाफमा घरेलु टोली नेपाल र बङ्गलादेशबीच १-१ गोलको बराबरी भएको छ । दशरथ रंगशालामा भइरहेको खेलमको पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफको सातौँ मिनेटमा गोल खाएको नेपालले त्यसको तीन मिनेटमै बराबरी गर्न सफल भएको हो ।

बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन् । त्यसको केही मिनेटपछि नेपालले गोल फर्काएको हो । नेपालका लागि काउन्टर एट्याकका क्रममा अमिषा कार्कीले गोल गरेकी थिइन् ।

Logo