सवारी दुर्घटनामा एकको मृत्यु, एक जनाको अवस्था गम्भीर

सवारी दुर्घटनामा एकको मृत्यु, एक जनाको अवस्था गम्भीर

केन्द्रबिन्दु
36
Shares

त्रिशूली(नुवाकोट)। लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गए राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो।

दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते हुनुभएभएको छ। निजको ग्रिनसिटी अस्पताल काठमाडाैंमा उपचार भइरहेको छ। दुर्घटनापछि मिनीट्रकका चालक फरार रहेकाले निजको खोजी भइरहेको उनले बताए।

Skip This
Skip This
Logo