महिला फुटबलः नेपाल म्यानमारसँग पराजित, उपविजेतामै सिमित

महिला फुटबलः नेपाल म्यानमारसँग पराजित, उपविजेतामै सिमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल भारतको उडिसामा सम्पन्न हिरो वुमेन्स गोल्डकपको उपविजेता बनेको छ । फाईनलमा म्यानमारसँग ३-१ गोल अन्तरले पराजित हुँदैं नेपाल उपविजेतामा सिमित बन्न पुगेको हो । नेपालले खेलको पहिलो हाफ १-१ को बराबरीमा खेलेको थियो ।

तर दोस्रो हाफमा म्यानमार आक्रामक रुपमा प्रस्तुत हुँदा नेपाल पराजित बन्न पुग्यो । म्यानमारले ३५ औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको थियो। ४५ औँ मिनेटमा मन्जली योन्जनले गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन्। तर दोस्रो हाफमा म्यानमारले २ गोल गर्दा नेपालले फर्काउन सकेन् ।

भारतीय फुटबल संघले आसन्न साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्ष्यित गरि तयारी प्रतियोगिताका रुपमा यो प्रतियोगिता आयोजना गरेको थियो ।

चार टोली सहभागी प्रतियोगिताको पहिलो चरणमा म्यानमार पहिलो र नेपाल दोस्रो भएको थियो। भारत र इरान पहिलो चरणबाटै बाहिरिएका थिए।

आगामी मार्चमा नेपालमै हुने साफ महिला च्याम्पियनसिप अघि खेलिएको यो प्रतियोगितामार्फत नेपाली महिला फुटबल टोलीले थुप्रै सफलता हात पारिसकेको छ। अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालका लागि उपाधि जित्न बाधक बन्दै आएको भारतलाई पहिलो चरणमा २-१ गोलले हराएको थियो।

साफ च्याम्पियनसिपको सुरुका तीन संस्करणमा फाइनल पुगेको नेपाली महिला टोली ती सबैको उपाधि भिडन्तमा भारतसँग नै पराजित भएको थियो। फाइनलमा म्यानमारसँग पराजित भएपछि नेपाली महिला फुटबल टोलीलाई पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने सपना साकार हुन सकेन् ।

जारी प्रतियोगिताको समूह चरणको खेलमा म्यानमारले नेपाललाई ३–० ले हराएको थियो। गत नोभेम्बरमा यांगुनमा भएको ‌ओलम्पिक छनोटको खेल भने १–१ को बराबरीमा सकिएको थियो।

Logo