सिञ्जाद्वारा ९३ वटा योजना सम्पन्न

सिञ्जाद्वारा ९३ वटा योजना सम्पन्न

केन्द्रबिन्दु
21
Shares

जुम्ला। सिञ्जा गाउँपालिकाले गत आर्थिक वर्षमा ९३ वटा विकास– निर्माणका योजना सम्पन्न गरेको छ।

आव २०८०/८१ को सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिकाको कार्यप्रगति प्रस्तत गर्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले उक्त आवमा छनोट भएका एक सय एक योजनामध्ये ९३ वटा योजना निर्माण सम्पन्न भएका हसन्।

गाउँपालिकाको भवन, सिञ्जा सङ्ग्राहलय सञ्चालन तथा व्यवस्थापन, बृहत् खानेपानी आयोजना, राजमार्गदेखि आचार्य लिही जोड्ने बाटोको स्तरवृद्धि तथा शिक्षा, स्वास्थ्यका भौतिक पूर्वाधार निर्माण भएका हुन्। स्थानीयका असुविधा हटाउन तथा विकास निर्माणमा पालिकाका गतिविधि केन्द्रित गर्न सबै जनप्रतिनिधिले निर्देशन दिनुभएको उनले बताए।

Skip This
Skip This
Logo